८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

थारू समुदायमा परम्परागत हरेरी पूजा मनाइयो



काठमाण्डौ ।

पश्चिम तराईका थारू समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्।

पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्।

धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन्। धान रोपार्इं सकेको केही दिनपछि पश्चिम तराईका थारू समुदायमा गाँउभरका मानिसले रकम संकलन गर्छन्।

संकलन भएको रकमले पूजा समग्री किन्ने र देवी देवतालाई चढाउन मिठाई किनेर देवी माताका जनावर र देवी, देवताहरुको मूर्ती बनाएर पूजा गर्ने चलन छ । हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाँउपालिका ५ का बरघर गोविन्दप्रसाद थारूले बताए।

थारूहरूको दानवा भन्ने देवताले धानमा लाग्ने किरा लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उनको भनाइ छ।

हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ।

प्रकाशित मिति : ३ भदौ २०७९ शुक्रबार ००:००  १ : ३८ बजे