काठमाडौं ।
सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलले शीर्ष नेतालाई प्रगतिबारे जानकारी दिएको छ ।
सिट बाँडफाँटबारे कार्यदलमा पटक–पटक छलफल गरिसकेका नेताहरूले शीर्ष नेतासँग समेत छलफल गरेका छन् ।
बैठकमा गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरूको सहभागिता थियो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता, सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले हालसम्मको प्रगतिबारे शीर्ष नेतालाई जानकारी दिइएको बताए ।
उनले भने, ‘चाँडो कार्यसम्पादन गर्न शीर्ष नेताहरूबाट कार्यदललाई निर्देशन भएको छ । साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई दिनुभएको छ, हामी चाँडै निष्कर्षमा पुर्याउने बाटोमा लैजाँदैछौं ।’
सिट बाँडफाँटको प्रगतिबारे सोधिएको प्रश्नमा उनले भने, ‘चाँडोभन्दा चाँडो काम सम्पन्न गरेर तपाईंहरूलाई सुसूचित गर्नेछौं ।’
कार्यदलले २०७४ सालको चुनावको परिणाम र हालै सम्पन्न स्थानीय तह चुनावको अवस्थालाई विश्लेषण गरेर सिट बाँडफाँट गर्ने जनाइएको छ ।







प्रतिक्रिया