७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

वाईसीएलको अध्यक्षमा सुवोधराज श्रीपाली चयन



काठमाडौं ।
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाईसीएल को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्।

काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाले आइतबार श्रीपालीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो।

वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए।

पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। यसअघि वाइसीएल अध्यक्ष सुमन देवकोटा थिए।

प्रकाशित मिति : ६ भदौ २०७९ सोमबार ००:००  ८ : ४९ बजे