४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आजको मौसम : लुम्बिनी सहितका केही प्रदेशमा ठूलो बर्षाको सम्भावना



काठमाण्डौ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । आगामी ६ घण्टामा यी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेकोले यस क्षेत्र भई बहने साना नदीमा आकस्मिक बाढी आउनुका साथै भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९ बिहिबार ००:००  ८ : १३ बजे