५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रुपन्देही-२ बाट गृहमन्त्री खाँणसहित ३ जना सिफारिस



बुटवल ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही(२ बाट सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।

खाँण २०७४ को निर्वाचनमा रुपन्देही ३ बाट समानुपातिकमा बसेका थिए । रुपन्देही(२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खांण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसंग पराजित भएका थिए ।

पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।

यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९ बिहिबार ००:००  १ : १८ बजे