२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्छ : सांसद लामा



काठमाण्डौ ।

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आउँदो चुनावमा श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘श्रीमानले प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान् समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । श्रीमान्, श्रीमती दुवै सांसद हुँदा पार्टीका अरू कार्यकर्ताले टिकट नपाउने र त्याग, तपस्या गर्नेहरू सधैँ समस्या परिरहने अवस्था छ ।’

सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ रु भनी सरकारलाई प्रश्न पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ रु म सोध्न चाहन्छु ।’

प्रकाशित मिति : १७ भाद्र २०७९ शुक्रबार ००:००  ४ : २० बजे