२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

कोईली खोलामा पुल नबन्दा भलवाडबासी वर्षेनी सास्ती खेप्न बाध्य



बाबुराम रायमाझी, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न. ९ र ७ मा पर्ने कजवे पुलमा नदिको सतह पुरिदै आएपछि सामान्य बर्षा हुंदा पनि कोइली खोलाले छेक्ने गर्दछ । कोइलि खोलामा पक्की पुल नबन्दा अविरल बर्षाको समयमा भलवाडका विद्यार्थी, बिरामी व्यावसायि, कर्मचारी सास्ती खेप्न बाध्य छन् ।

अविरल बर्षाका संगै खोलामा आएको बाढिले एसईइ को ग्रेड वृद्धि परिक्षा दिने ३४ जना विद्यार्थीलाई भलवाडमै परिक्षा केन्द्र कायम गरेर परिक्षा परिक्षा दिने ब्यबस्था वाणगंगा शिक्षा कार्यालयले गरेको थियोे ।

वाणगंगा ९ सिंगो वडा कोइली खोलाको समस्यामा छ । बर्षा लागेपछि कोइली खोला भलवाड वासिको तगारो बन्दै आएको छ । यहाँ पक्की पुल नहुदा भलवाडवासिले बर्सेनि सास्ती झेल्दै आएको वडा न ९ का वडा अध्यक्ष कमल पौडेलले बताए । यस खोलाले हालसम्म १ दर्जन मानिसको ज्यान लिइ सकेको छ ।

कोइली खोलामा दशकौं बर्ष बित्दा पनि अझै पक्की पुल बन्न सकेको छैन । २ बर्षमा सम्पन्न पुल बनाउने जिम्मा पाएको सिद्धार्थ दर्शन हिमाल जे भि कन्टर्कस्नले वडा न ७ का झबिन्द्रराज आचार्यले पुल निर्माणमा आफ्नो जग्गा परेको भनि अदालतमा मुद्दा दर्ता गरेपछि मुद्दाका कारण पुल निर्माणमा ढिलाइ भएको सिद्धार्थ दर्शन हिमाल जे भि कन्टर्कस्नका यमलाल खनालले बताए । काममा अवरोध नभएको भए हालसम्म पिलरको काम पूरा भै समयमै पुल बन्ने समेत बताए ।

भलवाडबासीलाई कोइली खोलाको समस्या हुन लागेको बर्षौ भएकोले पुल निर्माणको विषयमा सबै संघसंस्था राजनीतिक दल, नागरिक समाज, संचारकर्मी बुद्धिजिबि समाजसेवी सरोकारवाला सबैले ध्यान दिनुपर्ने स्थानीय बताउछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९ शनिबार ००:००  ९ : १८ बजे