१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

नेपाल बुद्धिजिवी परिषद् वाणगंगाको अध्यक्षमा गिरी



कपिलवस्तु ।

नेपाल बुद्धिजिवी परिषद् कपिलवस्तुले बाणगङ्गा नगर स्तरीय कमिटी गठन गरेको छ । शुक्रबार सिद्धार्थ क्याम्पसमा सम्पन्न बुद्धिजीवीहरुको भेलाले राम प्रसाद गिरीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

नव गठित कमिटीको उपाध्यक्षमा यादव पौडेल, सचिवमा षडानन्द गौतम र कोषाध्यक्षमा अनिमा जिसी चयन हुनुभएको छ । कमिटीको सदस्यमा कृष्ण प्रसाद घिमिरे, पुजा बस्याल, विष्णु प्रसाद आचार्य, विमलराज आचार्य, सन्तोष घिमिरे, सुदिप आचार्य र अनिता कडेल चयन हुनुभएको छ ।

नगर इनचार्ज इन्द्रमणि पाण्डेको अध्यक्षता सम्पन्न भएको उक्त भेलामा जिल्ला अध्यक्ष डिवि रेश्मी, उपाध्यक्ष राजकुमार अर्याल, जिल्ला सदस्य रमेश पौडेलको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९ शनिबार ००:००  ९ : ३६ बजे