८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु



झापा ।
झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ।

हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका ५ निवासी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेर ४० मिनेटको समयमा मेचीनगर नगरपालिका(९ स्थित थोप्लेविरान सामुदायिक वन जाने भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो।

वनभित्रबाट निस्किएको हात्तीले उनलाई सडकमै आक्रमण गरेको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाएको र उनको उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको डीएसपी पाठकले बताए।

चार दिन अघि मात्र जंगलीको हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका१ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीको मृत्यु भएको थियो

प्रकाशित मिति : १८ भदौ २०७९ शनिबार ००:००  १ : २२ बजे