३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

यी हुन् कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ (क) बाट सिफारिस प्रदेशसभा सदस्यका उम्मेदवार



कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ (क) को बैठकले प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरु सिफारिस गरेको छ ।

आइतबार बसेको कपिलवस्तु–१ को प्रदेशसभा (क) को बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागि सिफारिस गरेको हो ।

नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि तथा पूर्व महासमिति सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका नेता डोलकराम घिमिरे, बाणगंगा नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिका निबर्तमान सभापति मगंल प्रसाद थारु, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव शक्ति सिहं ठकुरी, बाणगंगा नगरपालिका– ४ का पूर्व वडाध्यक्ष गणेश बहादुर क्षेत्री र महाधिवेशन प्रतिनिधि मित्रदेव घिमिरे (गोपाल) लाई सिफारिस गरिएको प्रदेश १ (क) का सभापति दुर्गा के.सी.ले जानकारी दिए ।

प्रदेशको समानुपतिक तर्फ भने प्रदेशले १७ जनाको नाम सिफारिस गरेको बताइएको छ ।

प्रकाशित मिति : २० भदौ २०७९ सोमबार ००:००  ८ : ४७ बजे