६ असार २०८३, शनिबार | Sat Jun 20 2026

क्यानसँग सन्दिपले भने : म निर्दोष छु,कानुनी उपचारका लागि सहयोग गरिदिनु



काठमाडौं ।
जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्।

क्रिकेट एशोसियशन अफ नेपाल ९क्यान० ले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।

हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी २० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।

लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ। सन्दीपलाई एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन्।

प्रकाशित मिति : २३ भदौ २०७९ बिहिबार ००:००  १२ : ०९ बजे