२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अदालतको दुई तलामाथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ



दाङ ।

जिल्ला अदालत दाङको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। म्याद थपका क्रममा बिहीवार बेलुका जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले गएराति दाङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई बुधवार सुन चोरी आरोपमा पक्राउ गरिएको थियो । बिहीवार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला उनी शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।

फरार भएलगतै डीएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सीमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७९ शनिबार ००:००  १ : ५४ बजे