४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एनएमबि बैंक बनगाईले चलायो बित्तिय साक्षरता कार्यक्रम



मायादेवी अनलाइन, बाणगंगा ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि एक दिने बितिय साक्षरता कार्यक्रम कपिलवस्तुको बाणगंगा नगरपालिका बडा न. ९ मा रहेको शुद्धोदन जन जीवन माध्यामिक बिद्यालय जिनुवामा सम्पन्न भएको छ ।

जिनुवाका कक्षा ११ र १२ मा अध्ययनरत करिव १ सय जना बालबालिकालाई एनएमबि बैंक बनगाई शाखाको आयोजनामा बैंकिङ सम्बन्धि प्रशिक्षण दिइएको हो ।

बित्तिय साक्षरता कार्यक्रममा बैंकले प्रदान गरिरहेको बिभिन्न बचत खाताहरुमा बाल बचतखाता, स्मार्ट नारी बचत, कर्मचारीहरुका लागि तलव खाता, लगानीकर्ताहरुका लागि लगानी बचत खाता, बैदेशिक रोजगारीबाट आय हुनेहरुका परिवारका लागि रेमिट्यान्स बचत खाता तथा कर्जा खाताहरुमा बिद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि शैक्षिककर्जा, साना तथा मझौला ब्यवसाय संचालन कर्जा कृर्षि कर्जा, महिलाहरुले संचालन गरेका ब्यवसाय प्रवर्धनका लागि अनुदानमा आधारित महिला कर्जा बारेमा जानकारी दिईएको छ ।

सहभागी बिद्यार्थीहरुलाई बैंकले संचालन गरेको मोवाइल बैंकिङ सेवा, एटिएम, इन्टरनेट बैंकिङको माध्यमवाट दैनिक आर्थिक कारोवार गर्नका लागि घर परिवारका साथै समाजमा उत्प्रेरित गर्न सहभागी बिद्यार्थीहरुलाई एनएमबि बैंक बनगाई शाखाका शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिएका थिए ।

एनएमबि बैंक सन २०१७ देखि हालसम्म ४ पटक नेपालको उत्कृष्ट अवार्ड जित्न सफल बैंक हो । नेपालमा २०२ शाखामार्फत सबै प्रदेशमा सेवा प्रदान गरिरहेको छ ।

यस बैंकले गत बर्ष एसीयामा उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको थियो । कपिलवस्तुमा यस बैंकका ६ वटा शाखा रहेका छन ।

बनगाई शाखाले बिगत १० बर्षदेखि स्थानीय स्तरमा रहेको बचतलाई परिचालन गरी स्थानीय ब्यापार लगाएत बिभिन्न किसिमका कर्जा सुबिधा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैदेशीक रोजगारीमा गएका ब्यक्तिहरुले बिभिन्न रेमिट्यान्स कम्पनीमार्फत पठाएको पैसा नगद तथा खातामा जम्मा गर्ने कार्य गरिरहेको छ । सो बिक्तिय शाक्षरता कार्यक्रम कर्जा शाखा सहायक कमल आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९ बुधबार ००:००  २ : ४७ बजे