३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

पहिरोले अबरुद्ध गोरुसिंगे–सन्धिखर्क सडक खुल्यो



अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा पहिरो गएपछि बिहानदेखि बन्द रहेको गोरुसिंगे–सन्धिखर्क सडक खुलेको छ ।

नरपानीको घुम्ती नजिकै सडक माथिबाट पहिरो खसेपछि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएकोमा अहिले खुलेको वडाध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयो । सडक खुलेपछि बीच बाटोमै रोकिएका गाडीहरू गन्तव्यतिर लागेका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०७९ शुक्रबार ००:००  २ : ०२ बजे