१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा पौडेल र बेल्वासे



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा कपिलवस्तुका दुई जना व्यवसायी निर्वाचित भएका छन् ।

विहीबार भएको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट हुमनाथ पौडेल र टोपनारायण बेल्वासे केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचित भएका पौडेल कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष हुन् ।

बेल्वासे पनि कपिलवस्तु उद्योग बाणिज्य संघको उपाध्यक्ष भएर काम गरिसकेका छन् । बाणगंगा क्षेत्रका दुवै जना सामाजिक काममा पनि सक्रिय छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको महासंघको केन्द्रीय अध्यक्षमा खेम भण्डारी र महासचिवमा खेमनारायण पराजुली सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ७ : २२ बजे