१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

साफ महिला च्याम्पियनशिपः नेपालद्धारा भारत पराजित



काठमाडौं ।
साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक–शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको हो । फाइनल खेल सोमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ७ : २३ बजे