२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

उद्योग परिसंघ लुम्बिनीको अध्यक्षमा आलम निर्वाचित



रुपन्देही ।

लुम्बिनी प्रदेश उद्योग परिसंघको अध्यक्षमा रुपन्देहीका उद्योगी एजाज आलम निर्वाचित भएका छन् । बिभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेका आलमको नेतृत्वमा सिएनआईको नयाँ प्रदेश समिति चयन भएको हो ।

परिसंघको प्रथम साधारणसभा तथा अधिवेशनबाट यसअघि तदर्थ समितिको अध्यक्ष रहेका आलमसँगै वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी, उपाध्यक्ष रामप्रसाद बस्याल, बावुराम बोहोरा, सफर अलि, बोनिन पिया, संस्थागत सदस्यमा हिरामणी भट्टराई र दिलिप सापकोटा तथा सदस्यहरुमा सदस्यमा शिवकुमार पाठक, श्रृजना अर्याल, माधव पौडेल, मोहन रेग्मी उपेन्द्र अग्रवाल, नवराज भुसाल गुल्मी, उमाशंकर मालपानी, बावुराम श्रेष्ठ अर्घाखाँची, गेहेन्द्र बस्नेत दाङ, माधव पौडेल रुपन्देही सोमेस अग्रवाल र भुवन गिरी रहेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९ आइतबार ००:००  ११ : ४३ बजे