४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु



काठमाडौं ।

काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ। साँझ पाँच बजे दशरथ रंगालामा खेल सुरु भएको हो।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ। इतिहास हेर्ने हो भने यी दुवै टिमले महिला साफको उपाधि जित्न सकेका छैनन्। यसअघि भारतले मात्र उपाधि जितेको थियो। तर यसपटक भने भारतलाई सेमिफाइनल खेलमा नै नेपालले रोकेको हो।

नेपाल र बंगलादेशबीच साफमा तीन पटक भेट हुँदा तिनै पटक नेपालले जित निकालेको छ। सबै खेलहरुको कुरा गर्ने हो भने नेपालले बंगलादेसशँग आठ पटक खेलेको छ। जहाँ, नेपालले छ खेल जितेका छ भने दुई खेल बराबरी भएको छ।

प्रकाशित मिति : ३ आश्विन २०७९ सोमबार ००:००  ५ : ५० बजे