२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

धादिङमा बसको ठक्करबाट बालकको मृत्यु, स्थानीयले बस जलाए



काठमाण्डौ ।

धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पौने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका-१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको ज्यान गएको प्रहरीले जनाएको छ ।

आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। अहिले काठमाण्डौदेखि यो राजमार्ग हुँदै चल्ने लामो दूरीका गाडी छुटे पनि नागढुङ्गा नौबिसेमा रोकिएका छन् ।

आक्रोशित स्थानीय बासिन्दाले शव सडकमा नै राखेर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  २ : २० बजे