मोरङ ।
दसैँ नजिकिएसँगै गाउँघरमा खसीबोका तथा अन्य जिन्सी चोरीका घटना बढ्दै गएका छन् । गाउँबाट चोरेर सहरी क्षेत्रमा ल्याएर बेच्ने गिरोह नै सक्रिय देखिएको छ । केही दिनअघि विराटनगरको हाइवे लाइनमा रहेको एउटा मोटरसाइकल ग्यारेजमा नयाँ पल्सर मोटरसाइकल सहित एक युवक आए ।
ग्यारेजवालाले ती युवकलाई ठाडै सोधे, ‘ओ भाइ, आज कतिवटा बेचियो ?, गाउँतिर खसी हराएर चौपट छ भन्छन्, तिमीलाई त मालामाल होला नि, होइन ?’
जवाफमा ती युवकले भने, ‘अलिअलि चल्दैछ, दसैँमा खसी भेटिन्छन् पनि बेचिन्छन् पनि ।’ ग्यारेजवालाका अनुसार मोटरसाइकलमा आएका ती व्यक्ति गाउँघरबाट खसी चोरेर ल्याएर विराटनगरमा बेच्ने गर्दछन् ।
दसैंको मुखमा १५ हजार, २० हजारमा पनि नपाउने खसी ५ हजारमा पाउँदा नकिन्ने को नै होलान् र ? पछिल्लो समय मोरङको काने पोखरीतिर खसी चोरीका घटना बढ्दै गएको स्थानीयवासी बताउँछन् ।







प्रतिक्रिया