१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या



अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारिक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए ।

रातिको ९ बजे ९यो समाचार तयार पार्दा० सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ६ : ५५ बजे