१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित



काठमाडौँ ।
घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ।

२ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो। पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए। यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे। इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो। उसका बेन डुकेटले ७० तथा ह्यारी ब्रुक्सले ८१ रन बनाए। यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे। पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  १० : ०२ बजे