१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जर्मनी हंगेरीसँग स्तब्ध



काठमाडौं ।
जर्मनीले युइएफए नेसन्स लिगमा हंगेरीसँग स्तब्ध बनेको छ । समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनी हंगेरीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

रेडबुल एरिना लाइप्जिगमा हंगेरीलाई जित दिलाउन एडम सजलाईले १७ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ । हंगेरीले ५ खेलमा १० अंक जोडेको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  १० : १४ बजे