१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जनकपुरमा ओलीलाई देखाइयो कालो झन्डा



जनकपुरधाम ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीहरूले कालो झन्डा देखाएका छन्।

संसदबाट दुई दुईपटक पारित नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसलाई एमालेले समर्थन गरेको भन्दै ओलीलाई उनीहहरूले कालो झन्डा देखाएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई आफ्नो पार्टीमा प्रवेश गराउन ओली जनकपुर आइपुगेका हुन्।

ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमाले प्रवेश गराउन धनुषा आइपुगेका हुन्।

धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ।

ओली तिनकौरिया चोकस्थित कार्यक्रम स्थलसम्म पुग्नका लागि रेलको यात्रा गरेका छन्। जनकपुरधामस्थित रेल्वे प्लेटफर्ममा चढेर महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  १ : ११ बजे