१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

निर्वाचनमा सबै व्यक्ति उमेदवार बन्न सम्भव छैन्, टिकट पाउनेलाई सहयोग गर्नोस्ः खाँण



बुटवल ।
गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले निर्वाचनमा सबै व्यक्ति उमेदवार बन्न सम्भव नरहेको बताएका छन् ।

शनिबार गृहजिल्ला रुपन्देही आएका उनले आसन्न निर्वाचनका लागि उमेदवारका आकांक्षी धेरै भएको बताए । ती सबै उमेदवार बन्न नसक्ने भएकाले जसले टिकट पाए पनि अरूले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उनले सिद्धार्थ गौतमले त्याग नगरेको भए बुद्ध बन्न नसक्ने भन्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे ।

भैरहवामा शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले शताब्दीपुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ३ : ०९ बजे