८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिटिइभिटी लुम्बिनीमा आचार्य, चौधरीको विदाई



कपिलवस्तु ।
निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशले स्वागत तथा फेरि भैटौला कार्यक्रम सम्पन्न गरेको छ । महासंघले सिटिइभिटी लुम्बिनी प्रदेश कार्यालयको निर्देशकको रुपमा कार्यभार संहालेका गोपाल आचार्यलाई स्वागत तथा अभिनन्दन गरेको हो भने सरुवा भएर बागमती प्रदेशमा गएका अरबिन्द कुमार चौधरीलाई विदाई गरेको छ ।

निजी प्राविधिक शिक्षालय महासंघका लुम्बिनी प्रदेश अध्यक्ष अरुण कुमार पाण्डेयले लुम्बिनी प्रदेशमा प्राविधिक विकासको समग्र विकासमा योगदान पु¥याउने अपेक्षा सहित लुम्बिनी प्रदेश निर्देशक आचार्यलाई स्वागत, अभिनन्दन र प्रदेशमा रही योगदान पु¥याएकोमा निर्देशक चौधरीलाई विदाई गरिएको बताए ।

सिटिइभिटी अन्तर्गत संचालित निजी प्रतिष्ठानहरुको साझा संस्थाको रुपमा निजी प्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको विकासका लागि वकालत र विभिन्न शैक्षिक कार्यक्रमहरुसँग सम्बन्धित काम गर्दै आएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९ सोमबार ००:००  ९ : ४४ बजे