३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

अस्ट्रेलियाविरुद्ध भारतलाई शृंखला



काठमाडौं ।
भारतले अस्ट्रेलियामाथि ६ विकेटको जितसहित तीन टी-२० खेलको शृंखला २-१ लेआफ्नो पक्षमा पारेको छ।

एक सय ८७ रनको लक्ष्य भारतले १९।५ ओभरमा मात्र चार विकेट क्षतीमा पूरा गरेको थियो।

भारतको जितमा बिराट कोहलीले ४८ बलमा तीन चौका र चार छक्का सहित ६३ रन बनाए। सूर्यकुमार यादबले ३६ बलमा पाँच चौका र पाँच छक्का सहित ६९ रन बनाए । अस्ट्रेलियाका ड्यानियल साम्सले दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गरेको थियो।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा सात चौका र तीन छक्कासहित ५२ रन बनाए। यस्तै, टिम डेविडले पनि २४ बलमा दुई चौका र चार छक्कासहित ५४ रन बनाए। यसबाहेक, टिमको खातामा ड्यानियल साम्सले २८ र जस इङ्लिसले २४ रन थपे।

भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए। यस्तै, युजवेन्द्र चहल, भुवनेश्वर कुमार र हर्षल पटेलले एक विकेट लिए।

प्रकाशित मिति : १० आश्विन २०७९ सोमबार ००:००  ९ : ५४ बजे