८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

उसुमा बुद्धभूमिका ७ खलाडीले स्वर्ण जिते



कपिलवस्तु ।
नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनोट अन्तर्गत नेपालगन्जमा जारी खेलमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसुतर्फ ७ स्वर्ण पदक जितेका छन् ।

५ वर्ष देखी उसु प्रशिक्षण सुरु गरेको बुद्धभूमिले जिल्लाको प्रतिनिधित्व गरेको थियो । सोमबार भएको खेलमा बुद्धभूमिका ५ खेलाडी रजत पदक जितेको कपिलवस्तुका प्रशिक्षक दत्त पाण्डेले बताउनुभयो । जिल्लाले ६ पुरुष र ६ महिलालाई सहभागी गराएको थियो ।

बुद्धभूूमिका लक्ष्मी परियार (४५–४८ केजी समूह), निर्गेश श्रेष्ठ (५६–६०केजी), अभिशेख तङलामी (६०–६५ केजी समूह), श्वेता काउछा (६०–६५ केजी समूह), प्रकाश कुँवर (४५–४८ केजी समूह), सन्तोष अधिकारी (५२–५६ केजी समूह), सन्ध्या शिरिस मगर (५२–५६ केजी समूह) ले स्वर्ण पदक जित्नुभएको थियो ।

यसैगरी सुना काउछा, गङ्गा जिसी, निशान खनाल, मनीषा राना मगर, रोहित थारुले रजत पदक जित्नु भएको छ । उसुमा बाँकेले ८ स्वर्ण पदक जित्दै प्रथम र बर्दियाले ३ स्वर्ण पदक जितेर तृतीय स्थान हासिल गरेको छ । स्वर्ण पदक विजेतालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९ मंगलबार ००:००  १० : ०७ बजे