२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

यी हुन् जसपाले पाउने निर्वाचन क्षेत्र



काठमाडौं ।
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो ।

सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ । यस्तै जसपाले सुनसरी १, सप्तरी १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँके र सप्तरी २ पाउने सहमति भएको छ ।

जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : १२ बजे