७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सिट बाँडफाँडः माओवादीले यी निर्वाचन क्षेत्र पायो



काठमाडौं ।
सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो ।

जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादीले ५३ सिट पाउने करिब सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : १५ बजे