१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने



काठमाडौं ।
नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।

जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत-१ र २, दैलेख- २, मुगु, नवलपरासी पश्चिम-२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।

यसैगरी चितवन-१ र २, गोरखा-१, मनाङ, कास्की- १, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही-३, ४ र ५, कपिलबस्तु – २, ३, दाङ-३ र बाँके-३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम-२, झापा -१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी-२,३ र ४, ओखलढुंगा, उदयपुर-१, सप्तरी-३, ४, सिरहा-१, २ धनुषा- २, ३ र ४ महोत्तरी- २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही- ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ- २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर-१ र २, ललितपुर-१, काभ्रे-२ सिन्धुपाल्चोक-२ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा-४ मा जसपा, महोत्तरी-३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : २६ बजे