२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

ड्रोन क्यामरा अर्डर गर्दा आलु आएपछि…



काठमाडौं ।

अनलाइन सपिङ प्लाटफर्महरुबाट सामान खरीद गर्दा कहिलेकाहीँ अचम्मै हुन्छ । एउटा चिज खरीद गरिएको हुन्छ तर डेलिभरी अर्कै चिजको हुन्छ ।

हालै एकजना व्यक्तिले इ कमर्श प्लाटफर्मबाट ड्रोन क्यामरा अर्डर गर्दा आलु प्राप्त भएको छ ।

भारतको बिहारस्थित नालन्दामा यो घटना भएको बताइएको छ । त्यहाँका एक युवकलेMeesho Pkaf6 DJI  को ड्रोन क्यामरा अर्डर गरेका थिए । अर्डर बमोजिम उनको घरमा एउटा प्याकेट आयो । जब उनले उक्त प्याकेट खोलेर हेरे त्यसमा ड्रोन क्यामरा नभै आलु राखिएको थियो । ड्रोन खरीद गर्दा बिक्रेताले आलु डेलिभर गरेको भिडियो सोसल मिडियामा निकै भाइरल बनेको छ ।

यो घटना सार्वजनिक भएसँगै सपिंग एप मीशोले यस विषयमा छानबिन गरिरहेको जनाएको छ । साथै ड्रोन खरीद गरेर आलु पाएका युवकको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गरेको पनि बताएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  १ : १२ बजे