३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु



काठमाण्डौ ।

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ।

बुधवार साँझ गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीय जयकला खत्रीको मृत्यु भएको हो।

उनी घरनजिकैको सामुदायिक विद्यालयमा घर पोत्नका लागि आवश्यक पर्ने माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  २ : ३४ बजे