१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढ्योः अध्यक्ष नेपाल



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेको बताएका छन्।

बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैं, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन्।

उनले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेको बताए। उनले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको उल्लेख गरे।

अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताए। उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए।

उनले मानिसहरुमा आफूले पटक–पटक अबसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताए। आफूले पाएको छैन भने अनुहार अँध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उनले टिप्पणी गरे।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : ३७ बजे