२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

सुक्खा पहिरो खसेपछि नुवाकोटको गल्छीमा सडक बन्द



काठमाण्डौ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ।

नुवाकोट र रसुवालाई जोड्ने मुख्य सडकमा हिजो पहिरो जाँदा आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ।

सडक खुलाउन गल्छी–रसुवागढी सडक योजनाको कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् ।

ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन समस्या भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिनुभयो।

पहिरो खसेको ठाउँमा नुवाकोटबाट धादिङ लगिएको विद्युत् प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ।

प्रकाशित मिति : १४ आश्विन २०७९ शुक्रबार ००:००  १२ : १९ बजे