१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नवौं खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक



काठमाडौं ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन् । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् ।

त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

खेल तालिका

प्रकाशित मिति : १४ आश्विन २०७९ शुक्रबार ००:००  १ : ५१ बजे