३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

विभिन्न पार्टी परित्याग गरी १० जना राप्रपामा प्रवेश



मायादेवी अनलाइन, बाणगंगा ।
विभिन्न पार्टी छाडेर १० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

कपिलवस्तुमा भएको एक कार्यक्रममा माओवादीका सूर्यलाल चौधरी लगायत १० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।

हिन्दु राष्ट्र नेपाल र राजसंस्थाको एजेण्डा मन पराएर पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ध्रुबबहादुर रायमाझी, केन्द्रीय सदस्य डा माधव पन्थी, जनजाति विभागका सदस्य सूर्य कुमार गुरुङ, जिल्ला संगठन प्रमुख राजेन्द्र विक्रम शाह, बाणगंगा नगर अध्यक्ष गिरीराज कंडेलको उपस्थिति रहेको राम बहादुर चौधरीले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९ सोमबार ००:००  ११ : ४५ बजे