८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर



काठमाडौं ।
नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सवै जिल्लामा समन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् ।

क्षेत्र नं. १ को क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ ।

यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शरदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाई मनोनित गरिएको छ भने भानुभक्त पोखरेललाई जनसांस्कृतिक महासंघ मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाई प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा र गुन्ज खडकालाई सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशबाट निर्णय भएसँगै शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एक/एक जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९ सोमबार ००:००  ५ : २८ बजे