६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु



बर्दिया ।
बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाई स्थित सडकमा भ्यानले ठक्कर दिँदा ती युवतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिँदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मीरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०७९ मंगलबार ००:००  ३ : २२ बजे