१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कृष्णनगरमा दुर्गा भवानीको मूर्ति विसर्जन



मायादेवी अनलाइन ।
जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीको मूर्ति विजया दशमीका दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ ।
कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको हो ।
मौसम प्रतिकूल भएपनि भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई मूर्ति विसर्जन गरेका छन् । पानी परीरहदा समेत भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको देखियो ।
कृष्णनगर बजार क्षेत्रमा दुर्गा माता, गणेश भगवान, लक्ष्मी माता, सरस्वती माता र राक्षस लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीकादिन मूर्ति विसर्जन गरिएको हो ।
तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माताको विशेष पूजापाठ , नौ दिन व्रत बसेर र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरू को महानचाड को रूपमा मनाउने परम्परा पहिले देखि चली आएको पाइन्छ ।
कृष्णनगरमा बजार क्षेत्र हुदै जाने १८ स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख शैलेन्द्र पाण्डेले जानकारी दिए ।
कृष्णनगमा मूर्ति विसर्जनको क्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो । सो क्षेत्रमा विगतमा मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय समुदायबीच विवाद भई झडप हुने गर्दथ्यो ।

प्रकाशित मिति : २० आश्विन २०७९ बिहिबार ००:००  ३ : ४३ बजे