१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गुल्मीमा अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति, विद्युत सेवा अवरुद्ध



गुल्मी ।
अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि गुल्मीमा विद्युत सेवा नै अवरुद्ध भएको छ । तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएको नेपाल विद्धुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ । पहिरोले ठूलै क्षति पुर्‍याएको र विद्युत सेवा अवरुद्ध भएको केन्द्रले जनाएको छ । पानी रोकिन साथ मर्मत कार्य अगाडि बढाइने गुल्मी वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९ बिहिबार ००:००  ४ : १४ बजे