३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

चितुवाको आक्रमणबाट ११ वर्षीय बालिकाको मृत्यु



तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो।

प्रकाशित मिति : ४ कार्तिक २०७९ शुक्रबार ००:००  १२ : ४७ बजे