६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025

संबिधानसभा सदस्यले एमाले छाडे, एकीकृत समाजवादीमा प्रबेश



बारा ।

संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य जयप्रकाश यादवलगायतका नेताहरु नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् ।

शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आयोजित शुभकामना आदान प्रदान एंव पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो, शुरेश महतो,किशुुन यादव, नेकमहमद् अन्सारी नागेन्द्र यादव, महमद् रफिद,राम प्रवेश,राजेश्वर यादवलगायत एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको नेकपा समाजवादीका मधेशप्रदेश कमिटी सदस्य विरेन्द्रप्रसाद साहले जानकारी दिए ।

उनीहरुलाई अध्यक्ष माधवकुमार नेपाल र पूर्व श्रममन्त्री तथा बारा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले टिका लगाएर एमालेका नेता कार्यकर्तालाई नेकपा एसमा पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९ शुक्रबार ००:००  ७ : ४१ बजे