४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

नवलपुरमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु



काठमाण्डौ ।

नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन्।

गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै ज्यान गएको र घाइते २४ जनालाई उपचारका लागि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभयो । बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  ७ : ४६ बजे