२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

नेपालगञ्जमा चुरा गोदाममा आगलागी, जलेर १ जनाको मृत्यु



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा भएको आगलागीमा परेर १ जनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका(५ रामनगर बस्ने रमेश कुमार नागको घरमा रहेको काँचको चुराको गोदाममा आइतबार बिहान आगलागी भएको थियो। आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका(८ बस्ने २३ वर्षीय समिर वली छन्। आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन। प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  ४ : ०६ बजे