२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियो



एजेन्सी ।
आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो ।

भारतले दिएको एक सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिका ३ खेलमा ५ अङ्कसहित समूह ’२’ को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारत ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ८ : १० बजे