२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

ब्राजिलमा बामपन्थीको उदय, राष्ट्रपतिमा सिल्भा निर्वाचित



काठमाडौं ।
वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए ।

यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०।८३ प्रतिशत र बोल्सोनारोले ४९।१७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो ।

कोभिडकालमा बोल्सोनारो विवादित बनेका थिए । साथै देश भोकमरीको समस्या पनि देखा परेको थियो । ७६ वर्षीय सिल्भाले आफ्ना विगतका उपलब्धि, बोल्सोनारोका विवादित कामको श्रृंखला र भोकमरी अन्त्य गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए । साथै उनले नयाँ कर प्रणालीको पनि प्रतिज्ञा गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ९ : ५८ बजे