४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि ‘वाचा पत्र’ सार्वजनिक गर्ने



काठमाडौं ।

आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीहरुले यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ८ : ५६ बजे