१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उम्मेदवार एमालेमा गए पनि बाणगङ्गा २ मा लौरोले पायो ३ सय ५२ मत



मायादेवी अनलाइन, बाणगङ्गा ।

कपिलवस्तु १ को प्रदेश सभा १ मा अचम्मको मतपरिणाम सार्वजनिक भएको छ ।

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हले उम्मेदवार नरहे पनि ३ सय ५२ मत पाएको छ ।

अशोज २३ गते लौरो चुनाव चिन्हबाट सुवाश पाण्डेले उम्मेदवारी दर्ता गरेका थिए ।

पछि उनले उक्त उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै एमालेलाई समर्थन गरेका थिए ।

उम्मेदवार एकाएक मोडिए पनि बाणगङ्गा नगरपालिका वडा नम्बर २ मा मात्र लौरोले ३ सय ५२ मत पाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ४ : १५ बजे