१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कञ्चनपुर –३ मा रमेश लेखकको ह्याट्रिक



काठमाडौं ।

नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् ।

लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए ।

२०६४ मा भने लेखक समानुपातिकाबाट संविधानसभा सदस्य बनेका थिए । २०३७ मा नेविसंघको जिल्ला उपसभापति हुँदै राजनीतिमा आएका लेखक २०४८ मा नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव, २०५६ मा पुनः सचिव बने । २०७२ र ०७८ मा लगातार कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९ बुधबार ००:००  ८ : ०६ बजे